मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ११ मंगलबार १८:o१:oo
Read Time : < 1 मिनेट
अर्थ

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले सम्हाले पदभार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार १८:o१:oo

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति-पत्र हस्तान्तरण गरेका छन्। मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले मन्त्रीसमक्ष शपथग्रहण पनि गरेका छन्। 

सो क्रममा अध्यक्ष श्रेष्ठले नेपालको पुँजीबजारको रेगुलेटरको रूपमा लगानीकर्ताको हित तथा नेपालको आर्थिक विकासमा पुँजीबजारमार्फत प्रवर्द्धन गर्न डटेर लाग्ने प्रतिबद्धता जनाए। उनले भने, ‘चुनौती धेरै छन्। चुनौतीलाई अवसरमा परिणत गरी नेपालको पुँजीबजारलाई उचाइमा पुर्‍याउनेछु।’ 

कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई बधाई दिँदै लामो समयदेखि पेन्डिङमा रहेको प्रक्रिया पूरा भएको बताए। उनले भने, ‘बजारका यावत् समस्यालाई सम्बोधन गर्न धितोपत्र बोर्डले गतिशील ढंगले काम गर्ने अपेक्षा छ। सबै आशंकालाई योग्यतापूर्वक कामले चिर्नुहुन्छ भन्ने विश्वास छ।