मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
रासस फिउगी
२o८१ मङ्सिर ११ मंगलबार १६:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बहाना छैन : युरोपियन युनियन

Read Time : < 1 मिनेट
रासस, फिउगी
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार १६:o४:oo

फ्रान्स र अमेरिकाको मध्यस्थतामा प्रस्तावित लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बहाना तथा कारण नभएको युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन्।

सेप्टेम्बरको अन्त्यमा लामो समयदेखि चलिरहेको शत्रुतापूर्ण युद्धमा परिणत भएपछि इजरायलले हिजबुल्लाहसँगको युद्धमा प्रस्तावित युद्धविराम स्वीकार गर्ने कि नगर्ने निर्णय गर्ने तयारी गरिरहेको जनाइएको छ।

जी–७ का विदेशमन्त्रीहरूको बैठकमा बोल्दै बोरेलले अमेरिका र फ्रान्सकाे मध्यस्थतामा टेबल गरिएको प्रस्तावमा इजरायलले मागेको सबै सुरक्षा प्रतिबद्धता समावेश रहेको जनाउँदै प्रस्ताव अस्वीकार गर्ने कुनै बहाना नभएको बताएका छन्।

उनले इजरायली सरकारका मन्त्रीहरूबाट लडाइँ जारी राख्नका लागि विस्फोट जारी राख्ने इच्छुक आवाजहरू सुनेकोसमेत पत्रकारहरूलाई बताएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायत इजरायली सरकारले युद्धविराम सम्झौतालाई अनुमोदन गर्ने आशा व्यक्त गर्दै उनले लडाइँ बन्द गरी मानिसको नरसंहार अन्त्य गर्न आह्वान गरेका छन्।

पछिल्लो समयमा जी– ७ राष्ट्रहरूको समूहको अध्यक्षता गरिरहेको इटालीले विदेशमन्त्रीहरूको बैठक आयोजना गरी युद्धविरामको आशा जगाइरहेको छ।