बालिका बलात्कारको आरोपमा प्रहरीले सिराहाको धनगढीमाई नगरपालिका– १३ असारी बजारका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ७२ वर्षीय रुद्रबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
बालिका बलात्कारको घटना सार्वजनिक भएलगत्तै फरार रहेका खत्रीलाई प्रहरीले खोजतलासको क्रममा उदयपुर प्रहरीको समन्वयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ४ बगहास्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा शनिबार राति पक्राउ गरी लहान ल्याएको लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए।
उनका अनुसार आरोपी खत्रीविरुद्ध जबर्जस्ती करणी मुद्दाअन्तर्गत आइतबार सिराहा जिल्ला अदालतबाट पहिलोपटक सात दिनको म्याद लिई लहान प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ। ३ मंसिरमा १० वर्षीया बालिकालाई बलात्कार गरी उनी फरार रहँदै आएका थिए।