Skip This
एनपिएलको टिकट शुल्क तीन सयदेखि एक हजारसम्म
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १० सोमबार २o:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद

एनपिएलको टिकट शुल्क तीन सयदेखि एक हजारसम्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार २o:o६:oo

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को टिकट शुल्क निर्धारण गरेको छ। क्यानले सोमबार उद्घाटन खेल, लिग, प्लेअफ खेल, फाइनल र सिजनल पासको टिकटसमेत निर्धारण गरेको हो। उद्घाटनका दिन सामान्यतर्फको टिकट दर तीन सय सय र भिआइपीको सात सय तोकिएको छ। 

लिग चरणका खेलमा तीन सय र पाँँच सय तोकिँदा प्लेअफमा पाँच सय र सात सय बनाएको छ। त्यस्तै, ६ पुसमा हुने फाइनल खेलको टिकट दर सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार निर्धारण गरेको छ। 

क्यानले पहिलोपटक आफैँ आयोजना गर्न लागेको लिगको सिजनल पास पनि उपलब्ध गराउने निर्णय गरेको छ। पासमा २० प्रतिशत छुट गरेको छ। सामान्यतर्फको मूल्य चार हजार चार सय ८० तथा भिआइपीतर्फको मूल्य आठ हजार दुई सय ४० रुपैयाँ तोकेको छ। 

लिगको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स शनिबार भिड्नेछन्।