Skip This
उषा भण्डारी ज्ञान संस्कार अन्तर्राष्ट्रिय स्कुलबाट सम्मानित 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १० सोमबार १९:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद

उषा भण्डारी ज्ञान संस्कार अन्तर्राष्ट्रिय स्कुलबाट सम्मानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार १९:३८:oo

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मानित भएकी छिन्। सामाखुसीमा रहेको ज्ञान संस्कार अन्तर्राष्ट्रिय स्कुलले स्पोर्टस् डेको अवसरमा सोमबार सम्मान गरेको प्रधानाध्यापक निलम बानियाँ बडुले जानकारी गराइन्। 

नेपाली भलिबल र समग्र खेलकुदलाई उचाइमा पुर्‍याउन भूमिका खेलेकाले सम्मान गरिएको प्रधानाध्यापक निलमले बताइन्। 'भलिबलमा मात्रै हैन, नेपाली खेलकुदलाई प्रवर्द्धन गर्न उषाले ठुलो योगदान गर्नुभएको छ। उहाँको योगदानलाई कदर गर्न पाउँदा स्कुल परिवार खुसी छौँ,’ उनले भनिन्।

उषा विभागीय टोली नेपाल पुलिस क्लबबाट व्यावसायिक भलिबल खेलिरहेकी छिन्। स्पाइकर उषाले ज्ञान संस्कार स्कुलले खेलकुदमा गरेको योगदानको प्रशंसा गरिन्। स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको साप्ताहिक खेलकुद कार्यक्रम पनि सोमबार नै सम्पन्न गरेको छ। एकसाता चलेको खेलकुद प्रतियोगितामा ब्याडमिन्टन, कबड्डी, बास्केटबल, बुद्धिचाल, स्केटिङलगायत विभिन्न १९ खेल समावेश थिए।