भूकम्पले ध्वस्त बनेको ११ वर्षपछि नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चारको सम्पूर्ण कार्य भृकुटीमण्डपस्थित नवनिर्मित भवनबाट सुरु गरेको छ।
१२ वैशाख ०७२ को भूकम्पबाट सेवा केन्द्र रहेको भवन ध्वस्त बनेपछि रेडक्रसले भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको खाली जग्गामा अस्थाई टहरो राखी सञ्चालन गर्दै आएको थियो। सोमबारबाट भने रक्तसञ्चारसम्बन्धी सम्पूर्ण कार्य नवनिर्मित भवनबाट सुरु भएको छ।
थाइल्यान्ड सरकारको १८ करोड आर्थिक सहयोगमा उक्त भवन तयार भएको हो। रेडक्रसले १२ साउन ०२३ मा वीर अस्पतालस्थित कोठाबाट रक्तसञ्चार सेवा सुरु गरेको थियो। ६ असोज ०३९ मा रेडक्रसले अस्ट्रेलियन सरकारको सहयोगमा भृकुटीमण्डपमा भवन निर्माण गर्यो। सोही भवनबाट रेडक्रसले रक्तसञ्चार कार्य सञ्चालन गर्दैै आएको थियो।