साताको पहिलो कारोबार दिन आइतबार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अंकको सुधार भएको छ । नेप्से परिसूचक आज १५.८३ अंकले बढेर दुई हजार ६८३.२४ को विन्दुमा कायम भएको हो ।
आज ३०९ कम्पनीको एक करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर ६५ हजार ८२४ पटक किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख नौ हजार ५९७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.२३ र म्युचुअल फन्ड ०.३२ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै वित्त समूह २.२७ प्रतिशतले बढेको छ । बैंकिङ ०.११, विकास बैंक १.२१, होटेल तथा पर्यटन १.२४, जलविद्युत् ०.४४ र लगानी समूह १.०५ प्रतिशतले बढेका छन् ।
त्यस्तै, जीवन बिमा ०.२३, लघुवित्त ०.१९, निर्जीवन बिमा १.२७, व्यापार ०.०९ र अन्य समूह १.६८ प्रतिशतले बढेको छ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा ङादी ग्रुप पावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ५४ करोड सात लाख ५० हजार ६७८ बराबरको १० लाख ७७ हजार ६८५ कित्ता सेयर किनबेच भएको छ ।