कम्बोडियामा भइरहेको ‘मिस प्लानेट २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा रहेकी अनिशा पराजुली बुद्धको थिममा प्रस्तुत भएकी छिन् । संसारभर बुद्धबारे जानकारी दिन उनी बुद्धको थिममा प्रस्तुत भएकी हुन् ।
२७ नोभेम्बरसम्म हुने प्रतियोगिताका लागि उनी एक साताअघि नै कम्बोडिया पुगेकी हुन् । विभिन्न ट्यालेन्टमार्फत छनोट गरिने ‘मिस प्लानेट २०२४’ का प्रतिस्पर्धीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइएको छ ।
शुक्रबार वातावरणीय गतिविधिमा सहभागी अनिशाले प्रकृतिलाई माया गर्नुहोस् क्रियाकलापअन्तर्गत रुख रोप्ने काम गरेकी थिइन् । शनिबार पौडीमा प्रतिस्पर्धा गरेकी उनी आइतबार बुद्धको थिममा उभिएकी हुन् ।