Skip This
विद्यालय बस दुर्घटना : उपचाररत एक बालकको निधन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
२o८१ मङ्सिर १० सोमबार १३:११:oo
Read Time : < 1 मिनेट
समाचार

विद्यालय बस दुर्घटना : उपचाररत एक बालकको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार १३:११:oo

कालिका नगरपालिकामा रहेको चित्रवन बोर्डिङ स्कुलको बस दुर्घटनामा उपचाररत एक बालकको आज बिहान निधन भएको छ । 

पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नपा– ३ बस्ने आठ वर्षीय आरम्भ पोखरेलकाे निधन भएको चितवन प्रहरी प्रमुख गौतम मिश्रले बताए । 

शनिबार बेलुकी दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी विद्यार्थी र शिक्षक घाइते भएका थिए । तीमध्ये अधिकांश डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । 

उक्त बसमा सवार बालबालिका इच्छाकामना गाउँपालिकाको उपरदाङगढीमा हाइकिङमा गएर फर्कँदै गरेका थिए । ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 
५ देखि १० कक्षामा अध्ययनरत बालबालिका हाइकिङ गएको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले बताए ।