राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पूर्वउपसभामुखसमेत रहेकी यादवलाई राजदूत पदमा नियुक्त गरेका हुन्।
नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले यादवलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।