Skip This
इन्स्पेक्टरसहित ६ जनाविरुद्ध संगठित अपराध मुद्दा दायर 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ९ आइतबार १९:१२:oo
Read Time : < 1 मिनेट
समाचार

इन्स्पेक्टरसहित ६ जनाविरुद्ध संगठित अपराध मुद्दा दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार १९:१२:oo

ललितपुरको भैँसेपाटी प्रभागमा दुई महिनाअघि भएको ‘हनी ट्रापिङ’ घटनामा संलग्न चारजना र उनीहरूलाई सघाउने दुई प्रहरीविरुद्ध मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत, ललितपुरमा मुद्दा दायर गरेको हो। 

भैँसेपाटी प्रभागककी तत्कालीन इन्स्पेक्टर बिनुकुमारी शाही र सहायक हवल्दार महेन्द्र हमाललाई प्रतिवादी बनाइएको छ। निलम्बनमा रहेकी इन्स्पेक्टर शाही फरार छिन्। त्यस्तै, गिरोहका सदस्यहरू ताज इस्लाम, दर्शन पोखरल, सुष्मा विक र भीमादेवी थापालाई पनि प्रतिवादी बनाइएको छ। संगठित अपराध र आपराधिक लाभको कसुरमा उनीहरूविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरका प्रवक्ता भरतकुमार मैनालीले जानकारी दिए। 

गत ७ असोजमा एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लेनेदन गरेर छाडिएको थियो।