उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले किसानलाई ध्यानमा राखेर काम गर्न कृषि विकास बैंकलाई सुझाव दिएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको स्मारिका वित्तीय सन्देशको शुक्रबार विमोचन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । नेपालका लागि कृषिको महत्त्व धेरै रहेको भन्दै उनले किसानको आर्थिक अवस्था सुधार्न आवश्यक नीति ल्याउनुपर्नेमा जोड दिए ।
उनले कृषि विकास बैंकलाई सेवाग्राहीहरूलाई सहज रूपमा सेवा प्रदान गर्न पनि आग्रह गरे । आर्थिक रूपमा अहिले देखिएको असहज अवस्था फुकाउन कस्तोे नीति लिएर अघि बढ्नुपर्छ सोहीअनुसारको नीति बनाएर काम गर्न पनि बैंक व्यवस्थापनलाई उनको सुझाव थियो ।