मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
२o८१ मङ्सिर ७ शुक्रबार १५:४९:oo
Read Time : < 1 मिनेट
समाचार

सशस्त्र असइ थमन विकका हत्या आरोपी देवेन्द्र चौधरी पुर्पक्षका लागि जेल चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार १५:४९:oo

मधेश आन्दोलन ०७२/७३ को वेला हत्या गरिएका सशस्त्र असइ थमन विकको हत्या आरोपमा पक्राउ परेका देवेन्द्र चौधरीलाई जिल्ला अदालतले जेल चलान गरेको छ ।

फरार रहेका जलेश्वर– ६ का ५२ वर्षीय देवेन्द्र चौधरीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरी अदालतमा पेस गरेको थियो । अदालतले थुनछेक बहसपछि बिहीवार पुर्पक्षमा राख्न भन्दै जलेश्वर कारागार पठाएको हो । न्यायाधीश फनेश्वरी घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाएको हो । 

मधेश आन्दोलनको वेला उपचारका लागि जनकपुर लैजाग्ने क्रममा सशस्त्र असइ विकलाई फुल्हट्टा–भगवानपुर सडकखण्डमा पर्ने सोनुषडा भन्ने स्थानमा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । पक्राउ परेका चौधरीलाई आइतबार पक्राउ गरिएकोमा मंगलबार अदालतमा पेस गरिएको थियो । सोही दिन उनको मिसिल पुनरावेदन अदालत जनकपुरमा रहेकोमा प्रहरी हिरासतमै फिर्ता पठाएकोमा बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो ।

उनको हकमा मुद्दा मुल्तबीमा रहेकोमा पक्राउ पछि जागेको हो ।