प्रधानमन्त्री केपी ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन् ।
उपत्यकाका तीन जिल्लाका एमालेका कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही १७ मंसिरदेखि हुने छिमेकी चीनको भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरे । उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताए ।