मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
२o८१ मङ्सिर ७ शुक्रबार १४:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

देश बनाउने हो भने विश्वबाट तीनवटा कुरा शिक्षा लिऔँ : पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार १४:५८:oo

एमाले महासचिव शंकर पोखरेलले संसारबाट शिक्षा लिएर देश बनाउने हो भने तीन काम अपरिहार्य रूपमा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

पार्टीले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले राजनीतिलाई सही दिशा दिएर देश बनाउन दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताए ।

बहुदलीय व्यवस्थापछिको ३५ वर्षमा २८ जना प्रधानमन्त्री फेरिँदा औसतमा एकजना प्रधानमन्त्रीले सवा वर्ष पनि काम गर्न नपाएकाले देशमा बलियो र निर्णायक राष्ट्रिय शक्तिको खाँचो देखिएको र त्यसको परिपूर्ति एमालेले गर्न सक्ने दाबी गरे । ‘बलियो निर्णायक राष्ट्रिय शक्तिको आवश्यकताको परिपूर्तिका लागि एमालेले मात्रै स्थायित्वको सुनिश्चितता गर्न सक्छ । अरू पार्टीभन्दा एमालेमै भिजनरी लिडरसिप छ र एमालेले मात्रै मुलुकलाई संकटबाट पार लगाउने सामर्थ्य राख्छ,’ पोखरेलले भने । 

एमाले अलोकप्रिय र कमजोर भयो भन्नेका लागि जागरणसभाको हजारौँ सहभागिता जवाफ भएको भन्दै उनले एमाले सभाले एमाले नै जनता र राष्ट्रको हृदयमा रहेको सन्देश प्रवाह गरेको दाबी पनि गरे ।