मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ७ शुक्रबार o७:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऊर्जा दक्षता प्रवर्द्धनका लागि अनुदान योजना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार o७:५८:oo

नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवर्द्धन निमित्त अनुदान योजना सुरु भएको छ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम ‘नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तीकरण कार्यक्रम’ (रिप ग्रिन)अन्तर्गत बिहीबारदेखि उक्त योजना सुरु भएको हो ।

राष्ट्रिय वाणिज्य बैंक व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य उद्योग तथा व्यवसायलाई ऊर्जा दक्षताका उपाय अवलम्बन गर्न प्रोत्साहन गर्नु रहेको बताइएको छ । साथै, उद्योग–व्यवसायमा ऊर्जा खपतमा कम गरी दिगो औद्योगिक विकासलाई बढावा दिँदै कार्बन उत्सर्जन घटाउने लक्ष्य रहेको बैंकले जनाएको छ ।

यस पहलअन्तर्गत ऊर्जा परीक्षकबाट सिफारिस भएका ऊर्जा दक्षताका उपाय कार्यान्वयनमा प्रोत्साहन दिन बैंकमार्पmत आंशिक अनुुदान उपलब्ध गराइनेछ । अनुदान सञ्चालन निर्देशिकाअनुसार आंशिक अनुदान, ऊर्जा दक्षताका उपायमा कुल आवश्यक लगानीको एक निश्चित प्रतिशत हुनेछ ।