निशा बोहरा

२०७५ पौष १३ शुक्रबार २०:४२:००
विनोद विष्ट

कञ्चनपुर महेन्द्रनगरकी २० वर्षीया निशा बोहराले दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् । उनले स्वर्गीय सुनिल बर्देवाको स्वर रहेको ‘तिमी मरेर गए पनि’ गीतमा पनि अभिनय गरेकी थिइन् । बोहरा सेन्टीमेन्टल अभिनय गर्न निकै मन पराउछिन् । ५.६ फिट उचाइ भएकी  बोहाराको सानै उमेरदेखि नाच्ने र अभिनय गर्ने सोख हो । निशा हाल काठमाडौंमा बस्छिन् । आगामी यात्रा फिल्मी क्षेत्र भएको उनी बताउछिन् । 

 

विनोद विष्ट