मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २१ सोमबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण २१ सोमबार ११:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भोलि र पर्सि देशभर वर्षा हुने, ३४ जिल्लामा रेड अलर्ट जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण २१ सोमबार ११:५७:oo

मंगलबार  र बुधबार देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गरी मनसुन न्यूनचापीय  रेखा नेपालनजिक सर्ने सम्भावना देखिएकाले मनसुन सक्रिय हुने बताएको हो। 

महाशाखाका अनुसार मंगलबार र बुधबार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ। 

साथै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ।

महाशाखाले मधेश र कर्णालीबाहेक ६ प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ। धेरै वर्षा हुने र यसले बाढीपहिरोको जोखिम निम्ताउन सक्ने भएकाले रेड अलर्ट जारी गरिएको हो। 

वर्षाकाे जाेखिम रहेका जिल्लाकाे विवरण: