१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
Invalid date format o५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणी नदीकिनारको बाघ १५ घण्टापछि नियन्त्रणमा

बाघ खोज्न परिचालित एक हात्ती बाघको गर्जन सुनेर बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:१३:oo

नारायणगढनजिक नारायणी नदीकिनारमा आइतबार बिहान मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा लिइएको छ।

बाघले आइतबार मर्निङवाकमा हिँडेका नारायणगढ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बिहान ५:२० बजेतिर आक्रमण गरी घाइते बनाएको थियो।

त्यसपछि बाघ नियन्त्रणमा लिन चितवन निकुञ्जका पशुचिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकहरू खटिएका थिए।  

बाघ नियन्त्रणमा लिन परिचालन गरिएका दुई हात्ती बाघनजिक पुग्दा बाघको गर्जन सुनेर एउटा हात्ती तर्सेर भागेको थियो।

बाघ नियन्त्रणमा आए पनि तर्सिएर भागेको हात्ती बेपत्ता भएको छ। उक्त हात्तीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।