१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुरुदेव कामतको शोकमा मधेश प्रदेश सरकारले राष्ट्रिय झन्डा आधा झुकाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o४:oo

शास्त्रीय संगीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेश प्रदेश सरकारले राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ । प्रदेश सरकारले आइतबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज शोकवक्तव्य जारी गर्दै स्व. कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जली व्यक्त गर्न आइतबार मधेश प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने जानकारी दिएका हुन् । कामतले शिक्षा, चेतना र संस्कार उन्नयनमा संगीत विधालाई आजीवन अघि बढाएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा मुख्यमन्त्री सिंहले अत्यन्त प्रभावशाली ढंगले गीतसंगीतका माध्यमबाट भावनात्मक, आध्यात्मिक, सामाजिक एवं सांस्कृतिक विषयवस्तुलाई अभिव्यक्त गर्न सम्पूर्ण जीवन व्यतित गर्नुभएका दिवंगत गुरुदेवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् । 

स्व. कामतले मनोरञ्जन र जीविकोपार्जनका लागि मात्र नभई अत्यन्त कठिन र संघर्षपूर्ण  सांगीतिक आराधना र उपासनाका यात्राबाट मुख्यमन्त्री सिंहले शास्त्रीय तथा सुगम संगीत परम्परालाई थप सिर्जनात्मक बनाएको उल्लेख  गरे । स्व. कामतले जीवनका कठोरतम क्षणसँग लड्दै संगीत  क्षेत्रमा पुर्‍याएको  योगदान सदैव स्मरणीय रहने वक्तव्यमा उल्लेख छ ।