Skip This
कनकट्टी खोला गाउँ पसेपछि आदर्श टोलमा कटानी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १४:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कनकट्टी खोला गाउँ पसेपछि आदर्श टोलमा कटानी

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको बेदकोट नगरपालिका– ९ सुन्दरपुर गाउँको आदर्श टोलमा उच्च कटानी गरेको छ। चुरे भएर बग्ने कनकट्टी खोला गाउँमा पसेर स्थानीय किसानका खेतबारी कटानीदेखि घर भत्काइदिएको छ । सुन्दरपुर आदर्श टोलका स्थानीय दलबहादुर कुँवरले कनकट्टी खोलाको सतह वृद्धि भएर गाउँमा पसेको बताए । 

‘चुरेबाट भीमदत्त भएर हाम्रो सुन्दरपुर गाउँ हुँदै चौधर नदीमा मिसिने कनकट्टी खोला आदर्श टोलबाट गाउँतिर उर्लियो,’ उनले भने, ‘गाउँ पसेको खोलाले खेतबारी, कच्ची र पक्की सडक, घरसहितका संरचना तहसनहस गरिदियो।’ कुँवरले आइतबार राति १२ बजेतिर आफ्नो टोलमा रहेका तीन–चार घरका स्थानीयसहित वस्तुभाउ राति नै सुरक्षित स्थानमा लगेको बताए । ‘खोला गाउँ पसे पनि कटानी भएको थिएन,’ उनले भने, ‘कम्मरभन्दा माथि नै पानी थियो, जब पानी घट्दै गयो, तब कटानी हुँदै गयो ।’ 

कुँवरले खोला गाउँ पसेपछि सडक खेतबारी भत्काएर आफ्नोसहित चार–पाँच परिवार सडक पहुँचबाट सम्बन्धविच्छेद भएको बताए । बाढीले पुष्करसिंह नायकको पक्की घर उच्च जोखिममा पारिदिएको छ। घरको तीनतिरबाट कटानी गरेको छ । दोस्रो बाढी आए घरै भत्किने जोखिममा छ । नायकसहित कलावती धामी, दानसिंह धामी, दलबहादुर कुँवर, उद्धवसिंह ऐरी, अम्मर कुँवर, धनबहादुरसहितको घरखेत उच्च जोखिममा परेका छन् ।

आदर्श टोलकी अर्की स्थानीय कलावती धामीले सोच्दै नसोचेको खोला गाउँमा उल्टिएको बताइन् । ‘हामीले यो खोला यसरी गाउँ पस्ला भन्ने कल्पनासमेत गरेका थिएनौँ,’ उनले भनिन्, ‘बढीले अब खेत कटानी गर्दै घरै जोखिममा पारिदिएको छ, अब उठीबास हुने चिन्ता छ ।’ पीडितहरूले जमिन कटानी, पटानी भएका क्षेत्रको पुनर्निर्माणमा जोड दिएका छन् । 

बेदकोट नगरपालिका– ९ का वडाध्यक्ष जनक विष्टले कनकट्टी खोलाले सुन्दरपुर गाउँमा पहिलोपटक ताण्डव मच्चाएको बताए । ‘आफ्नै लयमा बग्ने खोला एक्कासि गाउँ पस्यो,’ उनले भने, ‘गाउँ पसेको खोलाले कटानी गरेर फेरि खोलामै मिसियो।’ वडाध्यक्ष विष्टका अनुसार खोला गाउँ पस्दा झन्डै दुई बिघा क्षेत्रफल जमिन र उक्त जमिनमा भएको धानबाली पूर्ण नष्ट भएको छ ।