१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १८ मंगलबार १३:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीले भन्याे- ‘कांग्रेस–एमाले सत्तागठबन्धन चरम अवसरवाद हाे’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १३:४९:oo

कांग्रेस–एमालेबीच बनेको नयाँ गठबन्धनलाई एकीकृत समाजवादीले चरम अवसरवाद भनेको छ।

पार्टीको दशौँ महाधिवेशन गरिरहेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनका निम्ति गरिएको नयाँ गठबन्धनलाई चरम अवसरवादको संज्ञा दिएका हुन्।

सोमबार मध्यराति दुई ठूला दल कांग्रेस र एमालेले नयाँ सत्तागठबन्धनका निम्ति सहमति गरेका थिए। त्यसपछि एकीकृत समाजवादीको यस्तो धारणा आएको हो।

एकीकृत समाजवादी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्तागठबन्धनमा सहभागी छ।

महाधिवेशनस्थल कमलादीबाट प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘संसद्का ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो। बहुदलीय राजनीतिको अपचलन संस्कृति हो। मुलुकलाई अस्थिरताको चक्रब्युहमा फसाउने काम हो।’

खतिवडाले कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा भएको पनि बताएका छन्। ‘यो लोकतन्त्रका निम्ति पनि खतरा हो। प्रणालीलाई कमजोर पार्ने काम भएको छ। सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा हामीलाई मान्य छैन। यो अधिकार अमूक दललाई छैन,’ उनले भने।

ad
ad
ad
ad