१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
रासस गण्डकी
२o८१ असार १८ मंगलबार १३:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

फुस्रेखोला–देउराली सडक : सात वर्षमा आधा काम

Read Time : < 1 मिनेट
रासस, गण्डकी
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १३:५o:oo

आर्थिक वर्ष ०७३/७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला–रामदी–मट्टिखान हुँदै स्याङ्जाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ।

यस क्षेत्रको समृद्धिसँग जोडिएको आयोजना सुस्त गतिमा अगाडि बढ्दा स्थानीयवासी निराश छन्। सडक अनुगमन समितिका सदस्यसमेत रहेका स्थानीय राजकुमार गुरुङले सडक निर्माणमा स्थानीय बासिन्दाको सहयोग हुँदासमेत सरकारीस्तर र निर्माण व्यवसायीका कारण ढिलासुस्ती भएको गुनासो गरे।

‘यो सडक यस क्षेत्रको समृद्धिसँग जोडिएको छ। हामीले छिटो निर्माणका लागि दबाब दिँदासमेत निर्माण कार्यले गति लिन सकेको छैन। त्यसैले तत्काल कामलाई तीव्रता दिन हाम्रो आग्रह छ,’ उनले भने।

संघीय सरकारले सुरु गरेको उक्त आयोजना तीन वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो। कुल १३.४ किलोमिटर सडक निर्माणका लागि रु. ३१ करोडमा सिरुवा श्यामश्याम जेभी काठमाडौंले ठेक्का पाएको छ। पूर्वाधार विकास कार्यालयका कन्सल्टेन्ट इन्जिनियर धनप्रसाद सुवेदीले एकतर्फी पक्की नालासहितको सडक तोकिएको समयमा सम्पन्न नहुँदा पटक–पटक समय थप गरिएको बताए।

पछिल्लोपटक ०८१ सालभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ। सम्झौताअनुसार तीन सय मिटर ढलान र सबै सडक कालोपत्र गरिने योजना छ।

‘समयमा रकम निकासा र निर्माण व्यवसायीको दृढ इच्छाशक्ति हुने हो भने आगामी एक वर्षभित्र बाटो निर्माण सम्पन्न हुनेछ। त्यसका लागि हामीले पनि दबाब दिइरहेका छौँ,’ इन्जिनियर सुवेदीले भने।

ad
ad
ad
ad