१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
२o८१ असार १८ मंगलबार १३:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

धादिङको झार्लाङमा फौजी किराले मकै सखाप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १३:o९:oo

उत्तरी धादिङको खनियाबास गाउँपालिका– १ झार्लाङमा फौजी किराको प्रकोपले मकै सखाप भएको छ। बाली लाग्ने वेलामा मकै सखाप पारेपछि किसान चिन्तित बनेका छन्।

गत वैशाखमा असिनापानीले जौ, गहुँ, केराउ, भर्खरै उम्रेका आलुलगायत बालीमा क्षति पुगेको थियो। असिनापानीले ठूलो क्षति व्यहोरेका किसानले केही महिनामै फौजी किराको प्रकोपले आजित पारेको किसान नासुन तामाङ बताउँछन्।

‘महामारीको चक्रमा त फस्यौँ नै । तर, लगाएको बाली भित्र्याएर जीविका चलाउँला भन्ने आस पनि रहेन,’ उनले भने, ‘वैशाखमा अन्य बाली असिनाले क्षति गरे पनि मकै राम्रो फल्छ भन्ने सोचेका थियौँ । तर, दुई सातादेखि फौजी किराले फल्नै लागेको मकैको गुभो खाएर सत्यनाशै बनायो ।’

खनियाबासको उंगुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायत करिब एक सय ५० रोपनी जग्गामा लगाएको मकै फौजी किराले सखाप पारेको तामाङले बताए। ‘टोलमा मकै सखाप बनायो । एक–दुईजनाले औषधि प्रयोग गरे पनि किरा नियन्त्रणमा आएको छैन । चिमोठ्दै मार्दै गरेका छौँ । तर, फौजी किराको प्रकोप यसरी आयो कि हामीले नियन्त्रण गर्नै सकेनौँ । हातले मारेर साध्य नै भएन,’ उनले भने ।

आसपासका सबै किसानले एकैचोटि विषादी हाले मात्रै फौजी किरा नियन्त्रण गर्न सकिने खनियाबास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारीले बताइन्। उनले भनिन्, ‘केही दिन अगाडि किसानले हामीलाई जानकारी गराएपछि विषादी दिएर पठाएका थियौँ । थोरै परिमाणमा मात्रै क्षति पुर्‍याएको थियो । अहिलेसम्म सखापै पारेको भए टोलटोलमा सबै किसानलाई विषादी उपलब्ध गराएर हाल्न लगाउँछौँ।’

‘सुरुमा भएको भए प्राकृतिक शत्रु जीवबाट नियन्त्रण गर्न सकिन्थ्यो,’ उनले भनिन्, ‘अब सबै किसान मिलेर एकैचोटि छर्किन सके मात्रै नियन्त्रण हुन्छ । ढिला पाक्ने बालीमा फौजी किरा लाग्ने हुँदा जति छिटो विषादी हाल्न सकियो, उति नै क्षति कम हुन्छ। विषादी हाल्न किसानले ढिला गर्न हुन्न।’

ad
ad
ad
ad