१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘एचआइभी/एड्स, क्षयरोग र औलो उन्मूलन गर्ने दिशामा उल्लेख्य उपलब्धि हासिल’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

एचआइभी/एड्स, क्षयरोग र औलो उन्मूलन गर्ने दिशामा ग्लोबल फन्ड कार्यक्रमले उल्लेख्य उपलब्धि हासिल गरेको अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले जनाएको छ। सोमबार हालसम्मका मुख्य उपलब्धि र सिकाइहरू सार्वजनिक गर्दै संस्थाले यस्तो जानकारी दिएको हो।

सन् २०२१ को मार्चदेखि ग्लोबल फन्डको ‘न्यु फन्डिङ मोडल’ अनुदानअन्तर्गत सेभ द चिल्ड्रेनले ग्लोबल फन्डको प्रिन्सिपल रिसिपियन्ट पिआरको रूपमा नेपालमा एचआइभी, क्षयरोग र औलो उन्मूलनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। 

कार्यक्रमलाई सम्बोधन गर्दै सेभ द चिल्ड्रेन नेपालका राष्ट्रिय निर्देशक तारा क्षेत्रीले नेपाल सरकार एवं नागरिक समाज संगठनहरूको सहकार्यात्मक नेतृत्व तथा मार्गदर्शन र स्थानीय समुदाय र साझेदारहरूसँगको सहकार्यले गर्दा ग्लोबल फन्ड कार्यक्रमहरूको कार्यान्वयन सेभ द चिल्ड्रेनले निरन्तर रूपमा गर्दै आएको बताए।

उनले भने, ‘सम्बन्धित राष्ट्रिय कार्यक्रमहरूसँगै मुलुकको ७७ वटै जिल्लामा सञ्चालित ग्लोबल फन्ड कार्यक्रमहरूको माध्यमबाट हामी ८० लाखभन्दा बढी एचआइभी, क्षयरोग र औलो रोग प्रभावित जनसंख्यामा पुग्न सफल भएका छौँ ।’

सन् २०२३ सम्मको तथ्यांक हेर्दा औलो कार्यक्रमअन्तर्गतका रणनीतिक कार्यहरूको प्रभावस्वरूप औलो अतिप्रभावित क्षेत्रका ६४ प्रतिशतले न्यूनीकरण भएको बताइएको छ। त्यस्तै, उक्त वर्ष औलोका १६ रैथाने बिरामी पहिचान गरिए, जुन औलोका बिरामी शून्यमा झार्ने राष्ट्रिय लक्ष्य हासिल गर्ने दिशातर्फको उल्लेखनीय उपलब्धि  रहेको निर्देशक क्षेत्रीले बताए।

क्षयरोगको सम्बन्धमा सन् २०२२ को तुलनामा सन् २०२३ मा क्षयरोगीको पहिचान ३५ प्रतिशतले वृद्धि भएको तथा उपचार सफलतादर ८९ प्रतिशतबाट ९२ प्रतिशतले बढेको बताइएको छ। एचआइभीको सवालमा, संक्रमित व्यक्तिहरूलाई उपचार, स्याहार र सहयोगमा जोड्ने काम गरी ९५–९५–९५ को राष्ट्रिय लक्ष्यहरू हासिल गर्नेतर्फ कार्यक्रमले योगदान गरेको संस्थाको भनाइ छ।

ग्लोबल फन्ड कार्यक्रमले कोशी र लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला तथा बागमती र सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सामग्री भण्डार केन्द्रहरूको निर्माण गरेको छ। त्यस्तै, भाइरल लोड र डायगोनिस्टिक संरचनाहरू वृद्धिलगायतमा लगानी गरेको ग्लोबल फन्ड, सेभ द चिल्ड्रेनका चिफ अफ पार्टी दीपक पौडेलले बताए।