१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
रासस काठमाडौं
२o८१ असार ३ सोमबार १४:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

माल्दिभ्स, श्रीलंका र नेपालको देशीय निर्देशकमा सिस्लेन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १४:२२:oo

विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलंकाको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ। डेभिडले काठमाडौंस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको देशीय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन्।

निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रूपमा नेपाल पठाएको हो। अर्थ मन्त्रालयले आइतबार एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाइ र डेभिडको स्वागत गरेको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ।

अर्थमन्त्री पुनले आइतबार साँझ आयोजित एक कार्यक्रममा एकैसाथ उनीहरूको स्वागत र बिदाइ गरे। देशीय निर्देशकसँगै विश्व बैंकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ।

लाडा स्ट्रेलकोवा आफ्नो कार्यकाल सकाएर फर्केका छन् भने उनको ठाउँमा प्रिती अरोरा आएकी छिन्। स्वागत तथा कार्यक्रममा अर्थमन्त्री पुनले नयाँ निर्देशक डेभिडको कार्यकाल सुखद रहने विश्वास व्यक्त गरे। साथै निवर्तमान देशीय निर्देशक फारिसको कार्यकालमा सुरु भएका प्रयासको निरन्तरता र थप सहकार्यका लागि डेभिडको कार्यकाल सफल हुने उनको विश्वास थियो।

ad
ad
ad
ad