१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ३ सोमबार o६:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अग्निपथ पुनरावलोकन गर्दै भारत, के होला गोर्खा भर्ती ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o६:१८:oo

दुई शताब्दीदेखि ब्रिटिस सैनिकको गोर्खा रेजिमेन्टमा कार्यरत नेपाली भारत स्वतन्त्र भएपछि भारतीय र ब्रिटिस सेनामा बाँडिएसँगै भर्ती जारी थियो । तर, चार वर्षअघि अग्निपथ योजना लागू भएदेखि भारतीय सेनामा भर्ती रोकिएको छ । बेलायती सेनामा भने नेपालबाट भर्ती जारी छ । सुरुका दुई वर्ष (सन् २०२० र २०२१) कोरोना महामारीका कारण  नेपालबाट गोर्खा भर्ती रोकियो । त्यसपछि (२०२२ र २०२३) भारतको अग्निपथ योजनामा नेपालले सहमति नजनाएका कारण रोकिएको छ । त्रिपक्षीय सम्झौताको प्रावधानअनुसार नेपालीहरूलाई पेन्सनसम्म अवसर खुला हुनुपर्नेमा नेपाल सरकार र सबै दल एकमत छन् । 

हालैको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले एकल बहुमत नपाएपछि एनडिए गठबन्धन सरकारको नेतृत्व गरेका नरेन्द्र मोदीले भारतीय सेनामा भर्तीसम्बन्धी विवादित ‘अग्निपथ योजना’ पुनरावलोकन गर्ने तयारी थालेका छन् । भारतभित्र अवकाशप्राप्त सैनिक तथा अहिलेको सत्तागठबन्धनभित्रकै केही दलले विरोध जनाएपछि रक्षा मन्त्रालयले यो योजनाको पुनरावलोकन सुरु गरेको छ । 

अग्निपथ योजनामा सैन्य भर्ती सुरुमा चार वर्षका लागि गरिने र भर्ती संख्याको ७५ प्रतिशतलाई अवकाश दिएर बाँकीलाई मात्रै निरन्तरता दिने नीति छ । यो योजना लागू भएपछि गोर्खा सेनामा नेपालीको भर्ती पनि रोकिएको छ । तर, पुनरावलोकन हुँदा गोर्खा भर्ती खुल्छ वा खुल्दैन भन्ने अनिश्चित छ । 

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले अग्निपथ पुनरावलोकनका सम्बन्धमा आफूले पनि चर्चा सुनेको बताए । ‘यसले गोर्खा भर्तीका विषयलाई समेट्छ कि समेट्दैन भन्नेबारे जानकारी छैन, तर केही न केही सम्बोधन होला कि ?’ राजदूत शर्माले भने । भारत सरकारले पूर्ण पुनरावलोकन गर्ने हो वा आंशिक भन्ने केही खुलेको छैन । 

भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताले पुनरावलोकनले गोर्खा भर्ती खुला गर्ने–नगर्नेबारे अहिले नै नसक्ने अवस्था रहेको बताए । ‘अग्निपथबारे भारतको रक्षा मन्त्रालयअन्तर्गतको डिपार्टमेन्ट अफ मिलिटरी अफेयर्सले समीक्षा र पुनरावलोकन सुरु गरेको जानकारी आएको छ । तर, भारतले अग्निपथ पूरै खारेज गर्छ जस्तो लाग्दैन,’ उनले भने, ‘अग्निपथअन्तर्गत भर्तीको समय बढ्न सक्छ र सेवामा निरन्तरता पाउनेको प्रतिशत बढ्न सक्छ । यसमा गोर्खा भर्तीका विषयमा नेपालको चासो सम्बोधन हुन्छ कि हुँदैन, अहिले नै भन्न सकिने स्थिति छैन ।’ 

दुई शताब्दीदेखि ब्रिटिस सैनिकको गोर्खा रेजिमेन्टमा कार्यरत नेपाली भारत स्वतन्त्र भएपछि भारतीय र ब्रिटिस सेनामा बाँडिएसँगै भर्ती जारी थियो । तर, चार वर्षअघि अग्निपथ योजना लागू भएदेखि भारतीय सेनामा भर्ती रोकिएको छ । बेलायती सेनामा भने नेपालबाट भर्ती जारी छ । 

सुरुका दुई वर्ष (सन् २०२० र २०२१) कोरोना महामारीका कारण  नेपालबाट गोर्खा भर्ती रोकियो । त्यसपछि (२०२२ र २०२३) भारतको अग्निपथ योजनामा नेपालले सहमति नजनाएका कारण रोकिएको छ । त्रिपक्षीय सम्झौताको प्रावधानअनुसार नेपालीहरूलाई पेन्सनसम्म अवसर खुला हुनुपर्नेमा नेपाल सरकार र सबै दल एकमत छन् । यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमणमा र पछिल्लोपटक भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको अवसरमा गोर्खा भर्तीको विषयले प्रवेश पाएन । नेपाल र भारत दुवैले गोर्खा भर्ती अन्त्य पनि गरेका छैनन् । र, भर्ती निरन्तरता पनि भएको छैन । 

वार्षिक एक हजार सात सयजना नेपाली नागरिक भारतीय सेनाको गोर्खा राइफल्समा भर्ती हुने गरेका थिए । २०२२ जुन १४ (३१ जेठ २०७९) मा भारत सरकारले अग्निपथ योजना लागू गरेपछि यसबारे नेपालले प्रश्न उठायो र नेपालबाट भर्ती रोकियो । अग्निपथ योजनापछि एकपटक तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवसँग यसबारे चासो राखेका थिए । 

त्यसपछि दुई देशबीच गोर्खा भर्तीका विषयमा कुनै पनि तहमा औपचारिक वा अनौपचारिक छलफल भएको छैन । भारतीय विदेशमन्त्री डा. एस जयशंकरको १९ र २० पुसको भ्रमणमा पनि अग्निपथले प्रवेश पाएन । नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सन्धिअनुसार गोर्खा सैनिकलाई अग्निपथबाट अलग गर्नुपर्ने नेपालको धारणा छ । नेपालको चासो दुईवटा विषयमा छ । पहिलो, त्रिपक्षीय सम्झौताअनुसार नेपाली नागरिकले पेन्सनसम्म काम गर्न पाउनुपर्छ भन्ने नेपालको धारणा छ । दोस्रो, चार वर्ष काम गरेर फर्केका युवाको व्यवस्थापन नहुँदा त्यसले राष्ट्रिय सुरक्षामा असर गर्ने हुनाले विद्यमान अवस्थामा नेपालबाट भर्ती हुन नसक्ने नेपालको धारणा छ  । 

केही न केही सम्बोधन होला कि ?
 डा. शंकरप्रसाद शर्मा,भारतका लागि नेपाली राजदूत

अग्निपथ पुनरावलोकनका सम्बन्धमा चर्चा सुनेको छु । यसले गोर्खा भर्तीका विषयलाई समेट्छ कि समेट्दैन भन्नेबारे जानकारी छैन, तर केही न केही सम्बोधन होला कि ?

अग्निपथअन्तर्गत भर्तीको समय बढ्न सक्छ
 अशोक मेहता, भारतीय सेनाका पूर्वमेजर जनरल

अग्निपथबारे भारतको रक्षा मन्त्रालयअन्तर्गतको डिपार्टमेन्ट अफ मिलिटरी अफेयर्सले समीक्षा र पुनरावलोकन सुरु गरेको जानकारी आएको छ । तर, भारतले अग्निपथ पूरै खारेज गर्छ जस्तो लाग्दैन । अग्निपथअन्तर्गत भर्तीको समय बढ्न सक्छ र सेवामा निरन्तरता पाउनेको प्रतिशत बढ्न सक्छ । यसमा गोर्खा भर्तीका विषयमा नेपालको चासो सम्बोधन हुन्छ कि हुँदैन, अहिले नै भन्न सकिने स्थिति छैन ।
 

ad
ad
ad
ad