Skip This
बालेनले झैँ काम गर्न भूमिमन्त्रीलाई सांसद शाहीको सुझाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३१ बिहीबार
  • Monday, 22 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३१ बिहीबार १४:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालेनले झैँ काम गर्न भूमिमन्त्रीलाई सांसद शाहीको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३१ बिहीबार १४:o८:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई हिम्मतिलो हुन सुझाएका छन्।

भूमिको वर्गीकरण गर्न र वर्गीकरणअनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिन उनले आग्रह गरेका हुन्। अन्यथा मुलुक बन्न नसक्ने सांसद शाही बताउँछन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘अप्रिय निर्णय गरिदिनुस्, जहाँजहाँ बस्ती हुन्छन् त्यो बस्ती भएका ठाउँमा कसैले खानी चलाउन पाउँदैन भन्ने नीति बनाउनुस् । जहाँजहाँ खेतीयोग्य जमिन छ, त्यो खेतीयोग्य जमिनमा बस्ती बसाउन पाउँदैन भन्नुस्।’

बनेको नीति कार्यान्वयन गर्ने सन्दर्भमा पनि आवश्यक परे कठोर भएर प्रस्तुत हुनुपर्ने शाहीको राय छ।

‘कृषियोग्य जमिनमा कसैले बस्ती बसालेको छ भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले डोजर बोके जसरी बोकेर भत्काइदिनुस्। त्यसपछि बल्ल देश सही बाटोमा जान्छ,’ शाहीले भने।

कृषियोग्य जमिन मासिँदै गएको उल्लेख गर्दै उनले सबै गम्भीर हुनुपर्नेतर्फ सचेत गराए। भूमि सुधार गर्न नसके नेपालको भविष्य अन्धकारतर्फ उन्मुख हुने उनको भनाइ छ।