जापानमा ५ दशमलव ५ म्याग्नीच्युडको भूकम्प

२०७६ जेठ १ बुधबार १३:४८:००

जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५ दशमलव ५ म्याग्नीच्युडको भूकम्प गएको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन । 

स्थानीय समयाअनुसार बुधबार बिहान २ बजेर ३४ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्दविन्दु वरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । 

भूकम्पपछि धनजनको क्षतिको समाचार आइसकेको छैन् । जापानमा बारम्बार भूकम्प जस्ता प्रकोपले सताउने गरेको छ ।

सम्बन्धित समाचार