पारिजात स्मृति सम्मानबाट ११ स्रष्टा सम्मानित

२०७६ बैशाख ३० सोमबार १०:०५:०० | काठमाडौं

पारिजात स्मृति केन्द्रले हरेक वर्ष दिँदै आएको पारिजात सृजना सम्मान यस वर्ष साहित्यकार आनन्ददेव भट्टलाई प्रदान गरेको छ । काठमाडौंस्थित पर्यटन बोर्डमा शनिबार भएको कार्यक्रममा भट्टसहित ११ जनालाई विभिन्न विधामा सम्मानित गरिएको छ । 

पारिजात संघर्षशील नारी सम्मान सरिता डंगोल, पारिजात कला सम्मान रामकृष्ण दुवाल र पारिजात बालसाहित्य सम्मान खगेन्द्र संग्रौलालाई प्रदान गरिएको छ । त्यस्तै, पारिजातको लेखन र जीवनका विषयमा विद्यावारिधि गरेका सिर्जना शर्मा, कृष्णप्रसाद घिमिरे, चन्द्रमान श्रेष्ठ, नयना प्रधान, बद्रीविशाल पोखरेल, भवानीप्रसाद पाण्डे र हरिहर भण्डारीलाई समेत सम्मान गरिएको छ । उनीहरूलाई राल्फा आन्दोलनका अभियन्ताद्वय रामेश र रायनले दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मान गरेका थिए । 

प्रतिकृया दिनुहोस