Skip This
गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस, सभामुखसहितको संख्या गणना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २५ आइतबार
  • Saturday, 27 July, 2024
२o८o चैत २५ आइतबार ११:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस, सभामुखसहितको संख्या गणना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २५ आइतबार ११:५७:oo

गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी दाबी पेस गरेका छन्।

अघिकारीले एमाले नेकपा माओवादी केन्द्र र मनाङ १ (१)बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएर निविरोध निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेकाे समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका हुन्।

यसअघि अल्पमतमा परेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ गते राजीनामा दिएसँगै पाण्डेको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्रीका लागि २७ गतेसम्मको समय दिएर दाबी पेस गर्न प्रदेश प्रमुखले सोही दिन आह्वान गरेका थिए।

प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई २७ चैतको दिउँसो ३ः०० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए।

यसअघि केन्द्रमा २१ फागुनमा सत्तागठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन बनेसँगै २२ गते मुख्यमन्त्री पाण्डेले सरकारमा सहभागी माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए। 

मुख्यमन्त्रीसँगै कांग्रेसका पाँच र माओवादीका दुई गरी सात सदस्य मन्त्रिपरिषद् गण्डकीमा रहेको थियो। आफ्ना पार्टीका मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरेपछि २३ फागुनमा माओवादीले पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। 

माओवादीले दिएको समर्थन फिर्ता लिएसँगै पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो। अल्पमतमा परेका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रदेश सभाबाट विश्वासको मत पाउने अवस्था नदेखेपछि पाण्डेले अल्पमतमा परेको २९औँ दिनमा राजीनामा दिएका थिए।

यसअघि पाण्डे संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा १४ वैशाख ०८० मा मुख्यमन्त्री नियुक्त भएका थिए। ६० सदस्य प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सात र स्वतन्त्र एक गरी ३७ जनाले पाण्डेलाई मुख्यमन्त्रीका लागि समर्थन गरेका थिए।

आफू अल्पमतमा परिसकेको अवस्थमा मुख्यमन्त्री पाण्डेले ५ चैतमा मन्त्रिपरिषद् विस्तार गर्दै मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त गरेका थिए। हाल मनाङेले पाण्डेको साथ छाडेर नयाँ गठबन्धलाई समर्थन गरेका छन्।

सभामुखसहितको संख्या गणना 

६० सदस्य गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका उपसभामुखसहित २२, माओवादीका सभामुखसहित आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य छन्। हाल अधिकारीलाई समर्थन गरेको माओवादीले सभामुखको संख्यालाई समेत गणना गरिएको छ। 

सभामुखको संख्या गणना नगर्दा बहुमतको सरकारका लागि आवश्यक मत नपुग्ने भएपछि सभामुखसहितको संख्या जोडेर अधिकारीले दाबी पेस गरेका हुन्।

सरकार गठनका लागि निर्णायक मानिएको दुई सदस्य रहेको राप्रपाले २७ गतेसम्म कसैलाई समर्थन नगर्ने र केन्द्रमा हालको गठबन्धनलाई सहयोग नगर्ने निर्णय भएपछि १६८ (२) बमोजिम दाबी पेस नगरेको अवस्थामा १६८(३) बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेताको नाताले पुनः पाण्डे नै मुख्यमन्त्री हुने देखेपछि नयाँ गठबन्धनले पाण्डेलाई रोक्न सभामुखसहितको संख्या जोडेर दाबी पेस गरेका हुन्।