मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २४ बिहीबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २४ बिहीबार १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २४ बिहीबार १६:४९:oo

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनले शिष्टाचार भेट गरेका छन्।

लैनचोरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा शुभकामना आदान–प्रदानपश्चात् दुई मुलुकबीचको सम्बन्ध, विकास सहायता, व्यापार र साझा चासोलगायतका विषयमा छलफल भएको बताइएको छ।

उपराष्ट्रपति यादवले सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सुमधुर सम्बन्ध रहिआएको उल्लेख गरे। ‘हाम्रो सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छ,’ उनले भने, ‘लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता हामी दुई मुलुकहरको साझा मूल्यमान्यता हुन्।’

सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई विकास सहायता उपलब्ध गराउँदै आएको कुरा उल्लेखनीय रहेको उनको भनाइ थियो। उपराष्ट्रपति यादवले नेपालको संसद्ले एमसिसी अनुमोदन गरेपछि नेपालको पूर्वाधार विकासमा अमेरिकी सहयोगको सुनिश्चितता अझ बढेको प्रस्ट पारे।

उनले नेपालको आर्थिक–सामाजिक विकास तथा लोकतन्त्रको सुदृढीकरणमा अमेरिकाले गरेको सहयोगका लागि राजदूतमार्फत अमेरिकी सरकारलाई धन्यवादसमेत व्यक्त गरे।

सो क्रममा राजदूत थम्पसनले नेपालसँग अमेरिकाले बलियो सम्बन्ध बनाउन चाहेको बताए। उनले संयुक्त राष्ट्रसंघको चार्टरलाई नेपालले समर्थन गर्नु सकारात्मक रहेको उल्लेख गर्दै नेपालमा एमसिसीले राम्ररी काम गरिरहेकोमा खुसी व्यक्त गरे।

उनले भने, ‘नेपाल एउटा शान्तिप्रिय देश हो। उसले रक्षाको क्षेत्रमा युएन शान्ति मिसनमा सयौँ देशको राम्रो नेतृत्व गरेकोमा नेपालको सराहना गर्न चाहन्छु।’