Skip This
देवेन्द्र पौडेलकाे दाबी- वामपन्थी ध्रुवीकरण अघि बढ्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २१ सोमबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २१ सोमबार १२:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देवेन्द्र पौडेलकाे दाबी- वामपन्थी ध्रुवीकरण अघि बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २१ सोमबार १२:o७:oo

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन्। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘वामपन्थी दलहरू एक होऊन् भन्ने नेपाली जनताको चाहना हो, वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त ‘स्टेप’ चालिएको हो।’

विगतका त्रुटि–कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल भएको उनको भनाइ छ। ‘कुनै न कुनैवेला ‘ब्रेक थ्रु’ गर्न त्यस्तो समयको आवश्यकता पर्छ,’ उनले भने, ‘राजनीतिक यात्रामा अवरोध आएपछि नयाँ अध्याय सुरु हुन्छ, यो कुनै नयाँ विषय होइन, बीचमा केही टुटेको थियो, यो विगतकै निरन्तरता हो।’

नेकपा एमालेसहितको नयाँ गठबन्धन कायम भएसँगै समाजवादी मोर्चा नेपाल पनि निरन्तर रहने उनको भनाइ छ। ‘समाजवादी मोर्चामा रहेका अन्य दलका शीर्ष नेता पनि वामपन्थी नै हुनुहुन्छ, सबै पार्टीलाई सँगसँगै लिएर अघि बढ्छौँ,’ सचिव पौडेलले भने।