१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Tuesday, 03 June, 2025
२o८२ जेठ १८ आइतबार १८:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खरका छानामुक्त बनाउन कालिमाटी गाउँपालिकामा जस्तापाता वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार १८:o३:oo

सल्यानमा खरको छानामुक्त घर बनाउन आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई जस्तापाता वितरण गर्न थालिएको छ। विपतजन्य घटनालाई न्यूनीकरण गर्न भन्दै जिल्लाको कालिमाटी गाउँपालिकाले यस वर्ष २१० विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरेको हो।

खरको छाना भएको घरमा आगलागीको जोखिम बढी हुने भएकाले त्यस प्रकारका घटनालाई कम गर्न खरका छानामुक्त अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

चालू आर्थिक वर्षमा वडा नम्बर १ मा ३५ घरधुरी, वडा नम्बर २ मा ३३, वडा नम्बर ३ मा २५, वडा नम्बर ४ मा २५, वडा नम्बर ५ मा ३३, वडा नम्बर ६ मा २५ र वडा नम्बर ७ मा २५ गरी कुल २१० घरधुरीलाई जस्तापाता वितरण गरिने गाउँपालिका अध्यक्ष दानबहादुर खत्री केसीले जानकारी दिए।

राष्ट्रिय जनगणना २०७८ अनुसार कालिमाटी गाउँपालिकाभर ४ हजार ९७२ घरधुरी छन्। तीमध्ये १ हजार ३१७ घर अझै खर, पराल र छ्वालीले छाएका छन्। यस्तै, ६६ घर माटोले छाएका छन् भने टायल तथा खपडाले छाएका घर ९६ वटा छन्। पालिकाभर १९५ घर सिमेन्टको ढलान गरिएका छन् भने ३ हजार २ सय ६७ घरजस्ता, टिन तथा च्यादरले छाएका छन्।