Skip This
आयल निगममा भट्ट र दूरसञ्चार प्राधिकरणमा भण्डारी नियुक्त
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ६ आइतबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ६ आइतबार २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आयल निगममा भट्ट र दूरसञ्चार प्राधिकरणमा भण्डारी नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ६ आइतबार २o:४४:oo

सरकारले नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ। त्यस्तै, दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवैलाई नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए।

त्यस्तै, स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरिएको छ। डेटिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद निरूपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने निर्णयसमेत भएको छ। 

आयोगको अध्यक्षमा पूर्वन्यायाधीश गिरीशचन्द्र लाल तोकिएका छन्।
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको पुष्टि भएपछि केन्द्रको कार्यकारी निर्देशकबाट पदबाट हटाउने निर्णयसमेत भएको छ।

त्यसैगरी, ऐनसेल खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णयसमेत भएको छ।