Skip This
नयाँ पत्रिकाकर्मी पराजुली, यादव र पनेरूलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १७ बुधबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १७ बुधबार १३:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी पराजुली, यादव र पनेरूलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १७ बुधबार १३:४५:oo

नयाँ पत्रिकाकर्मीहरू रोहितराज पराजुली, तिवारी यादव र नवराज पनेरूले यस वर्षको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । 

युवा तथा खेलकुद मन्त्रालयले आज गरेको विशेष कार्यक्रममा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पुरस्कार प्रदान गरे । 

पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेतमा पुर्‍याएको योगदानको कदर गर्दै नगद २५ हजार रुपैयाँसहित खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

पराजुली कास्की, यादव पर्सा र पनेरू डडेल्धुराबाट नयाँ पत्रिकामा क्रियाशील छन् । सोही कार्यक्रममा मन्त्रालयले मोरङका हरिप्रसाद कोइराला, धादिङका गोविन्दराज नेपाल, प्युठानका रिखिराम जिसी र दैलेखकी रजनीकुमार योगीलाई पनि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । 

यस्तै, ५० हजार रुपैयाँ नगदसहित धादिङका सञ्चारकर्मी गोविन्द रेग्मीलाई खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।