१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख ३० आइतबार १५:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

व्यक्ति हत्या अभियोगमा २० वर्ष कैद सजाय पाएकी महिला १४ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:३६:oo

व्यक्ति हत्या अभियोगमा २० वर्ष कैद सजाय पाएकी एक महिला १४ वर्षपछि पक्राउ परेकी छिन्।

संखुवासभा जिल्ला अदालतबाट १२ चैत ०६६ मा व्यक्ति हत्या आरोपमा दोषी ठहर गरी २० वर्ष कैद सजाय पाएकी संखुवासभा साबिकको सिद्धकाली गाविस– २ बस्ने ३५ वर्षीया कैली तामाङलाई इलाका प्रहरी कार्यालय केराबारी मोरङबाट  खटिएको प्रहरी टोलीले १० माघमा पक्राउ गरेको हो। 

फरार कैली संखुवासभाबाट भागेर मोरङको केराबारी आएर लुकिछिपी बस्दै आएकी थिइन्। उनलाई कैद सजाय भुक्तानीका लागि संखुवासभा प्रहरीलाई जिम्मा लगाइएको मोरङ प्रहरीले जनाएको छ।

ad
ad