१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नवीन के‍सी अर्घाखाँची
२o८१ बैशाख २३ आइतबार १६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संघीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:३२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता कार्यान्वयनका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पर्यटन प्रवर्द्धन अभियान २०८० को शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार र प्रदेश सरकारलाई बलियो बनाउन आवश्यक संघीय कानुनहरू निर्माण गर्ने कार्य भइरहेको बताए।

अर्घाखाँची जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि यहाँका ६ वटै स्थानीय तहका साझा मागहरू पूरा गर्न आफू तत्पर रहेको उनको भनाइ थियो।

सरकारको नेतृत्व गरेपछि आफू देशमा सुशासन कायम गर्न दिनरात लागिपरेको भन्दै प्रधानमन्त्रीले ‘टार्गेट’ पूरा नगर्ने मन्त्रालयको जिम्मेवारी हेरफेर गर्ने दोहोर्‍याए। ‘यसपटक आफ्नै शैलीबाट काम गरेको छु। शान्ति प्रक्रियाका काम मबाहेक अरूको नेतृत्वमा हुँदैन कि भन्ने लाग्छ,’ उनले भने।

सरकारले अनियमितता र भष्टचार गर्नेविरुद्ध निर्मम भएर कारबाहीको दायरामा ल्याएको भन्दै उनले पछिल्ला सुनकाण्ड, ललितानिवास र भुटानी शरणार्थी काण्ड छानबिन भइरहेका बताए।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले अर्घाखाँचीको सदरमुकाम जोड्ने सन्धिखर्क–गोरुसिंगे सडक, सालझन्डी–ढोरपाटन–सन्धिखर्क सडक, अर्घाखाँची अस्पताल र पाणिनी बहुमुखी क्यामपसलाई स्तरोन्नति गर्नका लागि राजनीतिक दलहरू र स्थानीय सरकारको तर्फबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण-पत्र बुझाएका थिए।
 

ad
ad