Skip This
समाजवादी मोर्चाले बृहत् अन्तरक्रिया गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १२ बिहीबार
  • Saturday, 27 July, 2024
प्रेम गौतम काठमाडाैं
२o८o पौष १२ बिहीबार १o:१२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

समाजवादी मोर्चाले बृहत् अन्तरक्रिया गर्ने

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष १२ बिहीबार १o:१२:oo

पुसभित्र ७७ वटै जिल्लामा संयोजन समिति, माघमा सन्देश सभा, मोर्चाको नेतृत्वमा नेपालकै निरन्तरता

समाजवादी मोर्चाले प्रतिगामी चलखेल बढेको निष्कर्ष निकालेको छ । बुधबार बसेको मोर्चाको बैठकले चलखेलविरुद्ध सशक्त रूपमा प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालेको छ । मोर्चाका अध्यक्ष माधवकुमार नेपालले देशको पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल भएको बताए । 

मोर्चाले नेपाली विशेषताको समाजवाद के हुन सक्छ भन्ने विषयमा सेमिनारसमेत गर्ने भएको छ । अन्तर्राष्ट्रिय अनुभवसमेत हेरेर सबैका विचार सुनेर अगाडि बढ्ने मोर्चाको तयारी छ । ‘नेपाली विशेषताको समाजवाद के हुन सक्छ ? त्यसबारे गम्भीर चिन्तन–मनन गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय अनुभव पनि हेरौँ । सबैका विचार पनि सुनौँ । किन जनताले चाहेजस्तो सरकारले परिणाम दिन सकेन । त्यसको कारण खोजौँ,’ मोर्चाका अध्यक्ष माधवकुमार नेपालले भने । 

मोर्चाका सचिवालय सदस्यसचिव प्रमेश हमालका अनुसार माघमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ । पुस मसान्तभित्र ७७ वटै जिल्लामा समन्वय समिति गठन गरिसक्ने र माघभित्र सम्भव जिल्लामा सन्देश सभा गर्ने निर्णय मोर्चाले गरेको छ । मोर्चाको संयोजकको जिम्मेवारीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निरन्तरता दिने निर्णय भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ढंगले जान खोजेको बताउँदै परिणाम दिने गरी सरकार अगाडि बढ्ने बताए । ‘म नयाँ ढंगले जान खोजिरहेको छु । जनताको अपेक्षा पूरा गर्ने गरी अगाडि बढ्ने सोच छ । त्यसका लागि आफ्नोतर्फबाट सबै कोसिस गर्छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने । 

जसपा अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । संघीयता कार्यान्वयन नहुँदा जनताले परिवर्तनको महसुस गर्न नपाएको उनको दाबी थियो । नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवले अदालतको पक्राउ पुर्जी र सरकारले गरेको सम्झौताबारे ध्यानाकर्षण गराएका थिए । विप्लवलगायत नेतामाथिको पक्राउ पुर्जीबारे मोर्चाले ध्यानाकर्षण भएको जनाएको छ ।