Skip This
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीका कपडा बरामद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीका कपडा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १८:३४:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले चोरीपैठारीको आशंकामा २१९ थान तयारी कपडा बरामद गरेको छ।

आइतबार भद्रपुर विमानस्थलबाट १२ः३० बजे यति एयरलाइन्सको उडानबाट कार्गोमार्फत पठाइएको ७ वटा पोकामा रहेको तयारी कपडा सशस्त्र प्रहरी बल नेपालको राजस्व अनुसन्धान विभाग हरिहर भवनमा तैनाथ राजस्व प्रहरीले नियन्त्रणमा लिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सो कपडा बरामद भएको हो।

बिजकमा तोकिएभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा
सशस्त्र प्रहरीले रुपन्देहीको देवदह नगरपालिका– ७ बाट बिलबिजकमा उल्लेख भएभन्दा बढी सामान बोकेको ट्रकसमेत नियन्त्रणमा लिएको छ।

सशस्त्रको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सुरक्षा बेस बुटवलले शनिबार वीरगन्जबाट दाङतर्फ सामान बोकेर जाँँदै गरेको लु ०१ ख ८२५८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

ad
ad