१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० मङ्सिर २५ सोमबार १६:२२:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायली बन्धक नछोड्ने हमासको चेतावनीपछि दक्षिणी गाजामा बमबारी 

Read Time : > 1 मिनेट
२०८० मङ्सिर २५ सोमबार १६:२२:००

हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकलाई नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य सहरमा बमबारी सुरु गरेकाे छ।

हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार दुई सयजनाको ज्यान लिएको र करिब दुई सय ४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्यांकले देखाएको छ।

बदलामा इजरायलले हमासविरुद्ध चलाएको कारबाहीमा गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ भने करिब १८ हजारजनाको ज्यान लिएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली सेनाले गाजापट्टीमा गरेको आक्रमणमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको र इजरायली सेनाले गाजाबाट इजरायलतर्फ रकेट प्रहार गरेको मन्त्रालयले सोमबार जनाएको छ।

एएफपी संवाददाताका अनुसार इजरायलले सोमबार मुख्य दक्षिणी सहर खान युनिसमा आक्रमण गरेको छ भने प्यालेस्टाइनी लडाकु इस्लामिक जिहादले इजरायली सेनाले सुरुङको खाडल खोजी गरिरहेको एउटा घरलाई विस्फोट गराएको बताएको छ।

हमासले आइतबार चेतावनी दिँदै भनेको छ, ‘इजरायलले आफ्ना कैदीहरूलाई आदान–प्रदान र वार्ताविना जीवितै प्राप्त गर्ने सम्भावना रहने छैन।’ इजरायलले गाजामा अझै पनि एक सय ३७ जना बन्धक रहेको बताएको छ भने अधिकारकर्मीहरूले करिब सात हजार प्यालेस्टिनी इजरायली जेलमा रहेको बताएका छन्।

महिनौँदेखिको भीषण बमबारी र झडपका कारण गाजाको स्वास्थ्य प्रणालीमा व्यापक प्रभाव परेको छ। अधिकांश अस्पतालहरू सञ्चालनमा छैनन् र करिब २० लाख मानिस विस्थापित भएका छन्।

गाजा सहरको अल–शिफा अस्पतालको बमबारी गरिएको भग्नावशेषको भ्रमण गरेको थियो र गत महिना इजरायली सेनाले बमबारी गरेको गाजा सहरको अल–शिफा अस्पतालमा छापा मारेपछि कम्तीमा ३० हजार मानिसहरू भग्नावशेष वरपरका क्षेत्रमा एकत्रित भएका छन्। 

संयुक्त राष्ट्रसंघका अनुसार गाजाका २४ लाख जनसंख्यामध्ये १९ लाख मानिस विस्थापित भएका छन्।इजरायलले मानिसलाई दक्षिणमा शरण लिन आग्रह गरेको छ। मानवीय सहयोगका लागि समन्वय गरिरहेका संस्थाहरूले इजरायललाई द्वन्द्वमा नागरिकहरूको अधिक सुरक्षाको लागि दबाब दिइरहेका छन्।

गैरलडाकुको मृत्यु कम गर्न इजरायली सेनाले प्रयोग गरेको म्यापिङ सफ्टवेयरलाई अपर्याप्त भन्दै प्यालेस्टाइनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक लिन हेस्टिङ्सले आइतबार निन्दा गरेका छन्। संयुक्त राष्ट्रसंघको मानवीय निकाय (ओसिएचए) का अनुसार गाजाका ३६ अस्पतालमध्ये १४ वटा मात्र पूर्ण क्षमतामा सञ्चालनमा छन्।

हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार दुई सयजनाको ज्यान लिएको र करिब दुई सय ४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्यांकले देखाएको छ।