Skip This
एलेक्स र आसुकरा आइटिएफ– जे ३० च्याम्पियन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २३ शनिबार
  • Friday, 26 July, 2024
२o८o मङ्सिर २३ शनिबार १८:३२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एलेक्स र आसुकरा आइटिएफ– जे ३० च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २३ शनिबार १८:३२:oo

पुरुष एकलतर्फ एलेक्स सिबाएभ र महिला एकलतर्फ जापानकी उता आसाकुराले पोखरामा सम्पन्न आइटिएफ जे– ३० को दोस्रो सर्किटको उपाधि जितेका छन्।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनलमा एलेक्सले नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई ६–३, ६–२ र आसाकुराले भारतकी अर्जान खोराकीवालालाई ६–२, ६–३ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन्।

यी दुवै खेलाडी जे–३० को सर्किट एकमा पनि विजयी भएका थिए। जितसँगै दुवैजनाले आइटिएफको महत्त्वपूर्ण ३०–३० अंक प्राप्त गरेका छन्।

करिब दुई साता चलेको प्रतियोगितामा पुरुषतर्फ भारतका ४४, नेपालका १०, अमेरिकाका दुई, जापानका चारसँगै रसिया, क्यानडा, चीन र श्रीलंकाका एक–एकजना र महिलातर्फ भारतका ३०, नेपालका सातसँगै जापान, थाइल्यान्ड, अमेरिका, नर्वे र काजकिस्तानका एक–एक खेलाडी सहभागी रहेका आयोजक संघ कास्कीका अध्यक्ष लोक गुरुङले जानकारी दिए।

प्रतियोगिताका लागि खेलाडी, प्रशिक्षकसँगै अभिभावक गरी तीन सयजना पोखरा आएका गुरुङले जानकारी दिए। उनका अनुसार विजेता खेलाडीले ३०, उपविजेताले १८, सेमिफाइनलिस्टले नौ, क्वाटरफाइनलिस्टले पाँच र राउन्ड अफ सिक्टिनमा पुग्नेले आइटिएफको दुई अंक पाएका छन्।