एकजना वृद्ध सन्तले आफ्नो अन्तिम घडी आएको देखेर आफ्ना सन्तानलाई नजिक बोलाए र भने, ‘मेरो अन्तिम घडी आयो । अब म तिमीहरूलाई मेरा चार अनमोल रत्न दिँदै छु । यी रत्नको सहयोगले तिमीहरू आफ्नो सम्पूर्ण जीवन आनन्दमय र श्रेष्ठतम बनाओ ।’
पहिलो रत्न– माफी : तिमीलाई जसले–जेसुकै भनोस् तिमीले उसको कुरालाई कहिल्यै पनि आफ्नो मनमा नलिनू । न त ऊप्रति कहिल्यै प्रतिकारको भावना नै राख्नु । उसलाई माफ गरिदिनू ।
दोस्रो रत्न– बिर्सिदिनु : आफूले अरूलाई गरेका उपकारलाई बिर्सिदिने गर्नु । उपकारको बदलामा केही पाउने आशा कहिल्यै नराख्नु ।
तेस्रो रत्न– विश्वास : आफ्नो मिहिनेत र परमात्मामा सधैँ अटुट विश्वास राख्नु । किनकि हामी प्रकृतिको नियमबाहिरको केही चिज पनि गर्न सक्दैनौँ । परमात्माप्रतिको विश्वासले तिमीलाई जीवनमा हरेक संकटबाट बचाउनेछ र सफल बनाउनेछ ।
चौथो रत्न– वैराग्य : जन्म भएको छ भने एकदिन मर्नु पनि पर्छ भन्ने कुरा हमेसा याद राख्नू । यसैले कसैप्रति पनि आफ्नो मनमा आसक्ति नराख्नू । तिमीहरूले जहिलेसम्म मेरा यी चार रत्न सम्हालेर राख्नेछाँै, तिमीहरू खुसी र प्रसन्न रहनेछौ ।