१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : एनफ्रिलकाे फेसबुक पेज
रासस काठमाडौं
Invalid date format १६:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं घोषणापत्र जारी गर्दै निर्वाचन व्यवस्थापन सम्मेलन सम्पन्न

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४२:oo

एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय छैटौँ सम्मेलन लोकतन्त्रको सबलीकरण र निर्वाचनको तटस्थता प्रवर्द्धनका लागि कानुनमा संशोधनका विषयमा बिहीबार २९बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

निर्वाचन आयोग नेपाल र  ‘एसियन नेटवर्क फर फ्री इलेक्सन (एनफ्रिल)को आयोजना तथा यस क्षेत्रमा निर्वाचनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा भएको उक्त ‘एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरम’को समापनका अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको उपस्थितिमा घोषणापत्र जारी भएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र एनफ्रिलका अध्यक्ष रोहन एन हेट्यिाराच्चेईले हस्ताक्षर गरी घोषणापत्र जारी गरे।

सो अवसरमा दुवैले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा विद्यमान कानुनमा सुधार गर्न आफूहरू तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे। निर्वाचन प्रणालीलाई सबल र सामयिक परिमार्जित नगरी लोकतन्त्र बलियो र दिगो हुन नसक्नेमा वर्तमान सरकार स्पष्ट रहेको थपलियाको भनाइ थियो।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सम्मेलनमा सहभागी भई गहन छलफलबाट घोषणापत्र तयारीसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेकामा आभार व्यक्त गरे। निर्वाचन आयुक्त सगुनशमशेर जबराले नेपालको निर्वाचन कानुनमा आवश्यक संशोधनका लागि मस्यौदा विधेयक तयार गरी नेपाल सरकारसमक्ष पेस गरिसकेको जनाए।

सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापनसम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील सामाजिक तथा प्राज्ञिक संस्थाका दुई सयभन्दा बढी प्रतिनिधि सहभागी थिए। सम्मेलनको मुख्य नारा ‘बिल्डिङ सस्टेनेबल डेमोक्रेसिस : एड्रेसिङ इलोक्ट्रोल च्यालेन्जेज एन्ड अपर्चुनिटिज’ रहेको थियो।