१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५७:oo

सरकारले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक  टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

जसको सदस्यमा   फणिन्द्र गौतम (सचिव नेपाल सरकार), रितेशकुमार शाक्य, (सहसचिव अर्थ मन्त्रालय), बाबुराम भण्डारी, (सहसचिव सञ्चार तथा सूचना प्रविधि मन्त्रालय) र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् । 

त्यस्तै, बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा  रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा  यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । 

विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’का लागि प्राप्त हुने सहायतासम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने बैठकले निर्णय गरेको छ।