१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o६:२६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसी बने टाइम एथलेट अफ द इयर

तीन दशकपछि अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउनुका साथै अमेरिकामा फुटबल कल्चर बढाउन गरेको योगदानस्वरूप मेसी टाइमको २०२३ वर्ष खेलाडी बनेका हुन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:२६:oo

गत अक्टोबरमा कीर्तिमानी रूपमा आठौँपटक फिफा बालोन डि’अर उपाधि जितेका अर्जेन्टिनी कप्तान लियोनल मेसी टाइम एथलेट अफ द इयर– २०२३ घोषित भएका छन् । अमेरिकाको चर्चित पत्रिका टाइमले यसपटक एथलेट विधामा मेसीलाई चुनेको हो । टाइमको एथलेट अफ द इयर घोषित हुने मेसी पहिलो पुरुष फुटबलर बनेका छन् । २०१९ मा सुरु भएको यो अवार्ड अमेरिकी महिला फुटबल राष्ट्रिय टोलीका लेब्रोन जेम्स, सिमोन बाइल्स र एरन जजले जितेका छन् । 

मेसीले गत वर्ष कतारको दोहामा भएको फिफा विश्वकपमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका थिए । अर्जेन्टिनाले तीन दशकपछि विश्वकपको ट्रफी चुमेको थियो । यसमा धेरै योगदान कप्तान मेसीकै रह्यो । उनको जादुमयी खेलका कारण अर्जेन्टिनाले फाइनलमा तत्कालीन साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो । 

विश्वकप जितेको ३ सय ५२ दिनपछि टाइमले एथलेट विधाको विजेता घोषणा गरेको हो । कतार विश्वकपमा मेसीले सात गोल गरेका थिए । उनी फाइनलमा महत्वपूर्ण दुई गोलसमेत गर्न सफल भए । विश्वकपकै उनी सर्वोकृष्ट खेलाडी बनेका थिए । यसै अद्भुत प्रदर्शनको समीक्षा गर्दै टाइमले मेसीलाई यस वर्षको एथलेट वर्ष खेलाडी घोषणा गरेको जनाएको छ ।

अहिले व्यावसायिक रूपमा मेसी अमेरिकी लिगमा आबद्ध छन् । इंग्लिस फुटबलका आइकोनी खेलाडी मानने डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मियामीमा मेसी यसै वर्ष अनुबन्धित भएका थिए । यसअघि उनी फ्रान्सको पेरिस जेन्ट जर्मेन (पिएसजी)मा थिए । पिएसजीसँगको सम्झौता नवीकरण नगरी उनी अमेरिकन लाइफ स्टायल र त्यहाँको फुटबल कल्चर विकास गर्न नै मियामीमा आबद्ध भएका हुन् । उनको आगमनसँगै अमेरिकाकोे मेजर लिग सकर लिगको क्रेज ह्वात्तै बढेको छ । 

 अमेरिकामा फुटबल क्रेज बढाउँदै मेसी 
मेसीको खेल हेर्न पनि रंगशाला फुल हाउस हुने गरेको छ । मेसीको आगमनमा इन्टर मियामीले इतिहासमै पहिलो ट्रफीका रूपमा लिग्स कप हात पारेको थियो । यो ६ महिनाभित्र मेसी अमेरिकामा ब्रान्ड नै बनेका छन् । टाइमले विश्वकपबाहेक अमेरिकामा फुटबल विकास र यसको क्रेज बढाउन ठूलो योगदान गरेका कारण पनि वर्ष खेलाडी घोषणा गरेको जनाएको छ ।

गत जुलाईमा मेजर सकर लिगमा अनुबन्ध भएका मेसीले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका छन् । ‘मेसीले यस वर्ष असम्भव देखिने उपलब्धि हासिल गरेका छन् । जब उनले इन्टर मियामीसँग सम्झौता गर्नु नै सबैभन्दा ठूलो पक्ष रह्यो,’ टाइमले जनाएको छ, ‘यति मात्र नभएर उनी अमेरिकालाई एउटा फुटबल देशका रूपमा चिनाउन सफल भएका छन् ।’ 

फुटबलको मार्केट नभए अमेरिका २०२४ को कोपा अमेरिका र २०२६ को फिफा विश्वकप आयोजनाको तयारीमा छ । यी दुई महत्वपूर्ण आयोजना सफल बनाउन मेसीको भूमिका महत्वपूर्ण रहने टाइमले जनाएको छ । ‘