१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १o:१८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

करदाता सेवा कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १o:१८:oo

करदाता सेवा कार्यालय रामेछापले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म आन्तरिक राजस्व कार्यालयले दिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । करदाता सेवा कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा ११ करोड ३५ हजार दुई सय रुपैयाँ राजस्व रकम उठाएको छ । जब कि आन्तरिक राजस्व विभागले यो अवधिमा कुल आठ करोड सात लाख १३ हजार रुपैयाँ राजस्व रकम संकलन गर्ने लक्ष्य लिएको थियो । राजस्व विभागले लिएको लक्ष्यभन्दा धेरै बढी रकम राजस्व संकलन गर्न सफल भएको करदाता सेवा कार्यायल रामेछापका कर अधिकृत मणि शर्माले जानकारी दिए । 

उनले भने, ‘रामेछापमा अहिलेसम्म उत्साहजनक रूपमै कर उठेको छ । हामीले देशभरिमा टपटेनमा पर्ने गरी राजस्व संकलन गरिरहेका छौँ । कार्यालयले विगतदेखि गरिँदै आएको करसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमको प्रभावले गर्दा व्यक्ति, फर्महरू करको दायरामा आउन थालेका छन् । विगतको तुलनामा कार्यालयमा आउने सेवाग्राहीको संख्यामा पनि वृद्धि भएको छ ।’ अझ थप प्रभावकारी बनाउन करसम्बन्धी विभिन्न अभियान लिएर गाउँतहका बजारकेन्द्रसम्म जाने तयारीमा रहेको पनि प्रमुख शर्माले बताए । 

करदाता सेवा कार्यालय रामेछापले चालू आर्थिक वर्षभरिमा ३९ करोड ७९ लाख ७३ हजार राजस्व संकलन गर्नुपर्नेछ । त्यसको २९.२९ प्रतिशत भने हालसम्म उठिसकेको छ । त्यस्तै चालू आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिकसम्म अन्तःशुल्क २१, आयकर दुई सय १२, व्यक्तिगत प्यान चार सय ९३, मूल्य अभिवृद्धि कर ३६ र सरकारी ३२ गरी कुल ७ सय ९४ प्यान जारी गरेको छ । 

जसमा हालसम्म अन्तःशुल्क तीन सय ७२, आयकर आठ हजार सात सय ९४, व्यक्तिगत प्यान तीन हजार सात सय ८४, मूल्य अभिवृद्धि कर आठ सय ७४ र सरकारी दुई सय ६७ गरी कुल १४ हजार ९१ करदाता सेवा कार्यालयमा आबद्ध भएको करदाता सेवा कार्यालयको तथ्यांकले देखाउँछ ।