
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
मंगलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।
यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका वेला मन्त्री श्रेष्ठकाे मुटुमा अचानक समस्या देखिएपछि त्यहाँ उनको उपचार गरिएको थियो।