१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपालका आरुष भट्टराईले जिते ‘ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल’अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३o:oo

मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल’अवार्ड जित्न सफल भएका छन्। 

नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै केटा समूहको उपाधि हासिल गरेका हुन्।

स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल २०२३’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टलिजेन्ट र ग्रान्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका छन्।

यस कार्यक्रममा नेपालसहित भारत, मलेसियालगायत देशका बालबालिका सहभागी भएका थिए। प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचारप्रसारको अलावा नेपालको पर्यटनसमेत प्रवर्द्धनसमेत गरेका थिए।

आरुषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनलको उपाधि हासिल गरेकी थिइन्।

प्रतियोगितामा बालबालिकासँगै  अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी हुन्।

यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा काठमाडौंमा आयोजित ‘किड्डी फेस अफ द इयर २०२३’ का सिनियर केटा समूहको उपाधि हासिल गरेका थिए भने एल्भिरा ‘लिटिल प्रिन्सेस इन्टरनेसनल २०२३’ की विजेता हुन्।