१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:२८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : झापा र काठमाडौंले अंक बाँडे

खेलपछि काठमाडौंले शीर्ष स्थान उक्लने अवसर गुमायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२८:oo

नयाँ टोली झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) को साबिक विजेता काठमाडौं रेजर्ससँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा दुवै टोली बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टोलीले गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । दोस्रोपटक आयोजना भएको प्रतियोगिताको १३औँ खेलमा दुवै टोलीले आशाअनुसारको प्रदर्शनसमेत गर्न सकेनन् । बराबरीपछि काठमाडौंले शीर्ष स्थान उक्लने अवसर गुमायो । 

काठमाडौंको यो लगातार दोस्रो बराबरी हो । काठमाडौंको तीन खेलबाट पाँच अंक छ । काठमाडाैंले उद्घाटन खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–० ले हरायो । दोस्रो खेलमा उसले एफसी चितवनसँग १–१ गोलको बराबरी खेलेको थियो । यता, समान तीन खेलबाट दुई अंक जोडेको झापा सातौँ स्थानमा छ । झापा पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–१ को बराबरी रोकिएको थियो । 

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले झापालाई हराउँदै तालिकाको शीर्षस्थानमा पुग्ने लक्ष्य राखे पनि खेलाडीबीच तालमेल नमिलेको र महत्वपूर्ण खेलाडी चल्न नसकेको आरोप लगाए । ‘जुन लक्ष्यसहित आएका थियौंँ त्यो पूरा भएन । यदि भएको भए हामी तालिकाको शीर्षस्थानमा पुग्ने थियौंँ,’ महर्जनले भने, ‘महत्वपूर्ण खेलाडीले नै वान भर्सेस वान गुमाएका छन् । टिम गेम नहुँदा समस्या भयो ।’

झापाका स्पेनिस प्रशिक्षक ओरिओल मेहदानो सेगुराले लगातार खेल्दा खेलाडी घाइते भएको बताए । उनी तेस्रो खेलमा समेत रेफ्रीसँग सन्तुष्ट हुन सकेनन् । ‘लगातार खेलिरहनुपर्दा खेलाडी घाइते छन् । हामीले यस्तो प्रतियोगितामा लामो समय पाउनुपर्छ,’ सेगुराले भने, ‘आज पनि रेफ्रीले निर्णय सन्तोषजनक छैन । म उनीहरूको विषयमा धेरै बोल्दिनँ ।’

दुवै टोली फिनिसिङमा चुके
खेलमा झापाले तीन विदेशी र काठमाडौंले पाँच मैदानमा उतारेका थिए । तर, दुवै टोली फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए । खेलको १४औँ मिनेटमा काठमाडौंका मार्की खेलाडी हिसुब थपलियाको फितलो प्रहार झापाका गोलकिपर स्टेफन क्युपिकले बचाए । २८औँ मिनेटमा झापाले गोल गरेको थियो । तर, रेफ्री नवीन्द्र महर्जनले त्यसलाई मान्यता दिएनन् ।

झापाका समिराज थोकरले काठमाडौंका गोलकिपर अभिषेक बराललाई धकेलेपछि बल फुत्किएर लाइन पार गरेको थियो । झापाका जोर्ज सान्चेजले दोस्रो हाफको सुरुवातमै गरेको प्रहार गोलकिपर अभिषेकले नियन्त्रणमा लिए । ६४औँ मिनेटमा झापाका समान्डार ओचिलोभको प्रहार अभिषेकले बचाउँदा काठमाडौंको खतरा टर्‍यो । दोस्रो हाफमा काठमाडौंका रक्षक अञ्जन राईले झापाको केही प्रहार रोक्दै टोलीको हार टारेका थिए । 

 झापाको गुनासो– खेलाडीलाई विश्राम समय कम
झापाका स्पेनिस प्रशिक्षक सेगुराले प्रतियोगितामा कम विश्राम हुँदा खेलाडी घाइते भएको बताएका छन् । उनले खेलाडी घाइते हुँदा समस्या भएको भन्दै प्रतियोगिता लामो समयका लागि आयोजना गर्न अनुरोध गरेका हुन् । ‘हामीले ४८ घन्टामै खेल खेलिरहेका छौँ । खेलाडीले कम विश्राम पाएका छन् । जसले गर्दा धेरै खेलाडी घाइते भए,’ सेगुराले भने, ‘यस्ता प्रतियोगिता हुँदा लामो समय लिनुपर्छ । जसले प्रतियोगिताको चाम बढाउनेछ ।’ 

झापाले तेस्रो खेलमा आइपुग्दा महत्वपूर्ण तीन खेलाडी गुमाएको छ । अक्सनमा सहभागी नौ टोलीको नजरमा परेका लोकन लिम्बू प्रतियोगिताअघि नै गुमाउन पुग्यो । दोस्रो खेलमा मार्की तथा कप्तान अञ्जन विष्ट घाइते हुँदा तेस्रो खेलमा उपलब्ध भएनन् । उनी पोखरा थन्डर्सविरुद्ध हेड गर्ने क्रममा लडेका थिए ।

तेस्रो खेलमा काठमाडौंविरुद्ध आइकोनिक खेलाडी आभाष लामिछाने घाइते भए । लाकेनले प्रतियोगिता नै गुमाउनेछन् भने अञ्जन र आभाषको टुंगो छैन । उनले प्रतियोगिता दौरान पनि राम्रो तयारी गर्न नपाएको दुखेसो पोखे । ‘प्रतियोगिता हुँदै गर्दा खेलाडी राष्ट्रिय टोलीसँगै थिए । लगातार खेल्दा खेलाडीले विश्राम पाएका छैनन् । हामी चाहन्छौँ खेलाडीले धेरै विश्राम पाऊन् ।’